९ असार २०८२, सोमबार | Mon Jun 23 2025


पाँचथरमा कहाँ–कसको अग्रता ?


0
Shares

१०२ मतको गणनापछि जारी गरिएको प्रारम्भिक मतपरिणामअनुसार एमालेको तर्फबाट मेयर पदका उम्मेदवार राजकुमार भण्डारीले ४५ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार ओनाहाङ नेम्वाङले ४४ र माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले १३ मत प्राप्त गरेका छन् ।

याङवरक गाउँपालिका
याङवरक गाउँपालिका अध्यक्षमा पनि एमालेका लेखनाथ खतिवडाको अग्रता कायम छ । उनले हालसम्ममा १५० मत प्राप्त गरेका छन् ।

यस्तै, कांग्रेसका शेरबहादुर नुगोले १४७ मतका साथ पछ्याइरहेका छन् । माओवादी केन्द्रका भीमा माबोले १२ र राप्रपाका लक्ष्मीदेवी दाहालले ५ मत प्राप्त गरेका छन् ।

हिलिहाङ गाउँपालिकाका
हिलिहाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका समरबहादुर अधिकारी १३५ मतका साथ अघि छन् । एमालेका भुवानीप्रसाद लिङदेनले ५१, माओवादी केन्द्रका रविन तिम्सिनाले २ र राप्रपाका किसोर लिङदेनले एक मत प्राप्त गरेका छन् ।

कुम्मायक गाउँपालिका
कुम्मायक गाउँपालिकामा कांग्रेस–राप्रपा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार बम लाओती ३६९ मतले अघि छन् ।

यस्तै, एमालेका जय चेम्जोङले ३२५ मतकासाथ पछ्याइरहेका छन् भने माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालको गठबन्धनबाट उम्मेदवार बनेका तारावीर कुवँरले ६९ मत प्राप्त गरेका छन् ।

तुम्बेवा गाउँपालिका
तुम्बेवा गाउँपालिका अध्यक्षमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार देवेन्द्र खत्रीले ३७६ मतकासाथ अग्रता कायम गरेका छन् ।

कांग्रेस–राप्रपागठबन्धनका होम थापाले ३२५ मतकासाथ पछ्याइरहेका छन् ।

जिल्लाको मिक्लाजुङ, फाल्गुनन्द र फालेलुङ गाउँपालिकाको भने प्रारम्भिक मतपरिणाम आउन बाँकी छ ।