
अजयमेरु गाउँपालिका वडा नम्बर–६ मा माओवादी केन्द्रका दानबहादुर खड्काले जित हासिल गरेका हुन् । खड्काले उक्त ५४८ र उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गरेका छन् ।
अजयमेरु गाउँपालिका वडा नम्बर–६ मा माओवादीका अध्यक्षसहित तीन सदस्यले तथा एमालेबाट एक सदस्यले जित हासिल गरेको निर्वाचन अधिकृत चिरञ्जीवी गिरी बताए ।
अमरगढी–११ मा एमालेको जित
११ ओटा वडा रहेको अमरगढी नगरपालिकाको ११ नम्बर वडामा एमालेका सूर्यप्रकाश खड्का ३६३ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका धर्मसिंह धानुकले २६० मत प्राप्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्