
परिणामअनुसार अध्यक्षमा ३९२ मतका साथ ठाकुरसिंह लिम्बू विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जयनारायण नाल्बोले २२६ मत प्राप्त गरे ।
त्यसैगरी, मैवाखोला गाउँपालिका–६ मा एमालेको प्यानलै विजयी भएको छ । सो वडामा २७३ मतका सात विष्णुकुमार नियोङ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सन्तकुमार थुप्राले ३३७ मत प्राप्त गरे ।
श्रीगंगा गाउँपालिका–१ मा एमालेको प्यानलै विजयी भएको छ । सो वडामा एमाले उम्मेदवार उर्मिला थेवे ५०७ मतका साथ विजयी भइन् । उनी सांसद भूपेन्द्र थेवेकी श्रीमती हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुनिल थेवेले ३५४ मत प्राप्त गरे । रासस
प्रतिक्रिया दिनुहोस्