
अमरगढी नगरपालिका वडा नम्बर–१ बाट कांग्रेसका लोकबहादुर ऐर प्यानलसहित विजयी भएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।
यसैगरी, डडेल्धुराकै गन्यापधुरा गाउँपालिका वडा नम्बर–१ मा कांग्रेसकै चेतराज भट्ट प्यानलसहित विजयी भएका छन् ।
डडेल्धुरामा रहेका सातओटै स्थानीय तहमा मतगणना भइरहेको छ । हालसम्म चार स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने दुई तहमा एमाले र एकमा माओवादी केन्द्रले अग्रता लिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्