९ असार २०८२, सोमबार | Mon Jun 23 2025


३०७ स्थानीय तहको मतगणना सुरु


0
Shares

तीमध्ये २५ स्थानीय तहको मत गणना सुरु हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदान स्थलका मतपेटिका हेलिकप्टरबाट ल्याइएको र ताप्लेजुङ जिल्लाको एउटा मतदान स्थलको मतपेटिका संकलन हुने क्रममा रहेको प्रवक्ता शर्माले बताए ।

बुधबार मतदान स्थगित भएका रुपन्देही जिल्ला कोटहिमाही गाउँपालिका वडा नं १ र बझाङको जयपृथ्वी नगरपालिका वडा नं ३ को पाण्डु मावि मतदान केन्द्रमा भोलि मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी, विराटनगर र सुनसरीमा मतगणना अनुगमनका लागि सहसचिव सुशील कोइरालाको नेतृत्वमा केन्द्रीय अनुगमन टोली खटाएको आयोगले जनाएको छ । रासस