
गत १४ गते भएको निर्वाचनका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि मतदान बिथोलिएको थियो ।
एमालेका कार्यकर्ताले कांग्रेसका वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर खड्का र मतदाता राजेन्द्र बिष्टलाई कुटपिट गरेपछि मतदान बिथोलिएको थियो ।
शुक्रबार बिहान सवा ७ बजे शुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्ने छ । यो वडामा १ हजार ३ सय ४० मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्