
ती स्थानीय तहमा नेकपा एमालेले दोस्रो स्थानमा देखिएको छ ।
सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा कांग्रेसका प्रमुख पदका उम्मेदवार रोहितकुमार प्रसाईंले ७६९ मतसहित अग्रता हासिल गरिरहेका छन् । यसैगरी, उपप्रमुख उम्मेदवार विमला ढकालले पनि ७८९ मत ल्याएकी छन् ।
चुनावी प्रतिस्पर्धामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार द्वारिकलाल चौधरीले ६३६ मत प्राप्त गरेका छन् भने उपप्रमुख लक्ष्मी गौतमले ५९८ मत हासिल गरेको निर्वाचन अधिकृत भरतमणि रिजालले जानकारी दिए ।
त्यसैगरी, धरान उपमहानगरपालिकामा पछिल्लो मतगणनाको नतिजाअनुसार कांग्रेसका उम्मेदवार तिलक राईले ५०० मत प्राप्त गरेका छन् भने उपप्रमुखमा कांग्रेसकै श्यामा रेग्मीले ४९५ मत प्राप्त गरेकी छन् ।
निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेका नेकपा एमालेका तारा सुब्बाले २७२ मत तथा उपप्रमुख मञ्जु भण्डारीले ३०३ मत प्राप्त गरेको निर्वाचन अधिकृत जयप्रसाद महतले जानकारी दिए ।
इनरुवा नगरपालिकामा कांग्रेसका राजन मेहताले ७६८ र उपप्रमुखले ७१९ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुखले ४३२ र उपप्रमुखले ३९४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, बराह नगरपालिकामा नेकाका बाबुराम बिष्टले एक हजार ६८, उपप्रमुख पूजा धामीले पनि एक हजार ७७ मत ल्याई अग्रता लिएका छन् । बराह नगरपालिकामा नेकपा एमालेका निलम खनालले ८८८ र उपप्रमुखले ८७३ मत प्राप्त गरी पच्छ्याई रहेका छन् ।
भोक्राहा गाउँपालिकामा नेकपा एमालेका अध्यक्षले ५९८ र उपाध्यक्षले ५७८ मत ल्याई अग्रता कायम गरेका छन् भने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उम्मेदवारले ४७० र उपाध्यक्षले ३८८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, देवानगन्ज गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षले ४१५, उपाध्यक्षले ४१९ तथा नेकाका अध्यक्षले ४०६ र उपाध्यक्षले ३३६ मत प्राप्त गरेका छन् भने यहाँ नेकपा एमाले तेस्रो स्थानमा देखिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्