९ असार २०८२, सोमबार | Mon Jun 23 2025


खोटाङको जन्तेढुंगा गाउँपालिका प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी


0
Shares

शुक्रबार सम्पन्न मतपरिणामअनुसार एमालेका प्रमुखका उम्मेदवार शंकरबहादुर राई र उपप्रमुखमा विमला राई विजयी भए ।

एमालेका शंकरबहादुरले २१५३ र विमलाले २०८६ मत ल्याएर प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार खेम खड्काले १५६२ र उपप्रमुख उम्मेदवार अनिता राईले १४६६ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, माओवादी केन्द्रका प्रमुखका उम्मेदवार अरुणा राईले ११४७ र उपप्रमुख वीरवल किरातीले १२४७ मत पाएका छन् ।

जन्तेढुंगामा एमालेले प्रमुख, उपप्रमुख, ४ वडाध्यक्ष र १७ सदस्यसहित २३ पदमा जित हासिल गरेको छ ।

यस्तै, जन्तेढुंगामा कांग्रेसले १ वडाध्यक्षसहित ७ पद र माओवादी केन्द्रले १ वडाध्यक्षसहित २ पदमा जित हासिल गरेको छ ।