९ असार २०८२, सोमबार | Mon Jun 23 2025


पाल्पाको रिब्दीकोट–१ मा कांग्रेस, २ र ३ मा एमालेको जित


0
Shares

वडाध्यक्षमा कांग्रेसका विष्णुप्रसाद गैरेले ६०४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका दिवाकर पराजुलीले ५६३ मत प्राप्त गरे ।

त्यस्तै, दलित महिला सदस्यमा गीता कौशल, महिला सदस्यमा हुमा कुमाल र खुला सदस्यमा नारायण पराई तथा धनबहादुर सुनार निर्वाचत भएका छन् । उनीहरु सबैजना कांग्रेसकै हुन् ।

यसैगरी, रिब्दीकोट गाउँपालिका–२ का वडाध्यक्षमा एमालेका रामचन्द्र नेपालले ५७४ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अमरबहादुर सारुले ५४२ मत प्राप्त गरे ।

त्यस्तै, रिब्दीकोट गाउँपालिका–३ को वडाध्यक्षमा एमालेका विष्णुप्रसाद खनालले ४३६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका नरेन्द्र आमात्यले ४०८ मत प्राप्त गरे । रासस