९ असार २०८२, सोमबार | Mon Jun 23 2025


ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेको ‘क्लिन स्वीप’


0
Shares

अध्यक्षमा राजन छक्लुङ एक हजार ८१५ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर लिम्बुले एक हजार २१९ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी कौशिला छक्लुङ एक हजार ९५१ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सुजाता लिम्बूले एक हजार ८४ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकाको ६ ओटै वडामा एमाले विजयी भएको छ । वडा नम्बर–१ को वडाध्यक्षमा दुर्गा तामाङ, २ को वडाध्यक्षमा सुरेन्द्र लिम्बू, ३ को वडाध्यक्षमा खड्ग चोङ्बाङ, ४ को वडाध्यक्षमा पूर्णहाङ लिम्बू, ५ को वडाध्यक्षमा कुलप्रसाद लिम्बू र ६ को वडाध्यक्षमा विष्णुप्रसाद नेयोङ विजयी भएका छन् । रासस