४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


चीनको गतिविधिले दुई देशवीचको सम्बन्धमा थप असर गर्ने : भारत


0
Shares

फाइल फोटो

भारतले चीनले निर्माण गर्न लागेको सो बाटोको विषयलाई लिएर चीनको कडा शब्दमा विरोध पनि गरेको छ । यसअघि, सो बाटो निर्माणको विषयमा बुझ्नका लागि भन्दै भारतीय सैनिक बिनाअनुमति आफ्नो भू–भागमा प्रवेश गरेको भन्दै विरोध पनि गरेको थियो ।

सो निर्माणकार्य रोक्नका लागि भन्दै भारतीय सीमा सुरक्षा बल चिनियाँ भू–भागमा प्रवेश गरेको चीनको आरोप छ । सो आरोपपछि शुक्रबार (आज) भारतले नै चीनको विरोध गरेको छ ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार (आज) प्रकाशन गरेको विज्ञप्तिमा भने भारत, भुटान र चीनको एक संयुक्त सीमानानजिकै चिनियाँ सेना प्रवेश गरेको र चीनले एकतर्फीरुपमा सडक निर्माण गरिरहेको बताइएको छ ।

सो विज्ञप्तिमा भनिएको छ–‘चीनले हालैका दिनमा यसरी एकतर्फीरुपमा सेना लगाएर सडक बनाइरहेको घटनाले आगामी दिनमा सुरक्षामा खतरा हुनेमात्र नभइ यसका कारण सम्बन्धमा पनि थप असर गर्नसक्छ ।’

भारत र चीनको सीमामा हिमाली क्षेत्रमा ठूलो भू–भाग रहेको छ । जसका कारण समय समयमा यी दुई देशबीच एकअर्कोले सीमा नाघेरभित्र प्रवेश गरेको भन्ने आरोप लगाउने गरेका छन् । रासस/एएफपी