९ असार २०८२, सोमबार | Tue Jun 24 2025


खोटाङको ऐसेलुखर्क गाउँपालिका प्रमुखमा कांग्रेसका विश्वनाथ निरौला विजयी


0
Shares

शुक्रबार बेलुका सार्वजनिक मतमरिणामअनुसार निरौलाले २१३१ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गृहबहादुर राईले १७३५ मत प्राप्त गरे ।

सो गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी पुष्पकला भुजेल १८९५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी उपाध्यक्ष उम्मेदवार शान्तिदेवी राईले १८५६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय ऐसेलुखर्कले जनाएको छ ।