९ असार २०८२, सोमबार | Tue Jun 24 2025


दाङको बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्र विजयी


0
Shares

उनीहरुका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोजराज पाण्डेले दुई हजार ५१५ तथा कांग्रेसकी निर्मला खनालले दुई हजार ५६९ मत प्राप्त गरेका छन् ।

उक्त गाउँपालिकाको वडा नम्बर–१ मा नेपाली कांग्रेस, वडा नम्बर–२, ३, ४, ५, ७ र ८ मा माओवादी केन्द्रका उम्मेदवार प्यानलै विजयी भएका थिए ।

यसैगरी, तुलसीपुर उपमहानगरपालिका–२ को वडाअध्यक्षमा कांग्रेसका राजु आचार्यले ८३५ मत प्राप्त गरी विजय भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर योगीले ८२५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महिला सदस्यमा कमला थापा, दलित महिला सदस्यमा सरिता विक, खुल्ला सदस्यमा कविराम चौधरी र राजकुमार केसी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस