२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


डा. केसीका समर्थकले दिए यस्तो चेतावनी


0
Shares

काठमाडौं, माघ १९ । डा. गोविन्द केसीका समर्थकहरुले डा. केसीले चिकित्सा शिक्षाको सुधारका लागि उठाउँदै आएका माग सम्बोधन नभएसम्म सरकारविरुद्धको प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गर्दै डा. केसीका समर्थकहरुले यस्तो चेतावनी दिएका हुन् ।

उनीहरुले डा. केसीले १६औं अनशन तोडेपनि शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि उनले चाल्ने हरेक कदमा साथ दिने प्रतिबद्धता जनाएका छन् ।

सरकारले दुईतिहाइको दम्भमा चिकित्सा शिक्षा विधेयक पारित गरे पनि बाँकी माग पूरा नभएम्म खबरदारी गरिरहने उनीहरुले बताएका छन् ।

प्रदर्शनमा विवेकशील नेपाली दललगाएत डा. केसीको मागमा ऐक्यबद्धता जनाउने विभिन्न व्यक्तिहरुको सहभागिता थियो ।