
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका टेकबहादुर बमले एक हजार ८०८ मत ल्याए । यस्तै, नेपाली कांग्रेसका दिलबहादुर बमले एक हजार ७१४ मत प्राप्त गरे ।
उपाध्यक्षमा नेकपा एमालेकी भगवती बम विजयी भएकी छन् । उनले एक हजार ८९४ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी चन्द्रादेवी भूलले एक हजार ८६८ मत ल्याइन् भने कांग्रेसकी विष्नादेवी बमले एक हजार ७२९ मत प्राप्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्