
काठमाडौं, असार १७ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ ।
शुक्रबार दिउँसो साढे २ बजेसम्म १०४ स्थानको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले ४६ स्थानीय तहमा विजय हासिल गरेको छ ।
त्यसैगरी, नेपाली कांग्रेसले ३७ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र १८ स्थानीय तहमा विजयी भएको छ ।
यस्तै, राष्ट्रिय जनमोर्चा दुई र संघीय समाजवादी फोरम नेपालले एक स्थानीय तहमा जित दर्ता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्