
पछिल्लो मत परिणामअनुसार गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका डिल्लीराज भुसाल र उपमेयरमा पनि एमालेकै सीता भण्डारी विजयी भएका छन् ।
पाँचथरको कुम्बायक गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जयबहादुर चेम्जोङ विजयी भएका छन् ।
बैतडीको सूर्नया गाउंपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर विष्ट विजयी भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेकी लिला विष्ट विजयी भइन् ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका विश्व सिटौला विजयी भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेकी मञ्जु भट्टराई विजयी भएकी छन् ।
ताप्लेजुङकै मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामकुमार साँवा विजयी भए ।
इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उदय राई र उपाध्यक्षमा पनि एमालेकै शोभा पराजुली विजयी भएका छन् ।
भोजपुरको भोजपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कैलाशकुमार आले विजयी भएका छन् । उपमेयरमा भने एमालेकी ममिता राई विजयी भइन् ।
भोजपुरकै हतुवागढी गाउंपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रेमकुमार राई र उपाध्यक्षमा पनि एमालेकै चन्द्रमा राई विजयी भए ।
पाल्पाको पूर्वखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नुनबहादुर थापा र उपाध्यक्षमा पनि एमालेकै भागिरथी भट्टराई विजयी भएका छन् ।
खोटाङको लामिडाँडा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लीलाबहादुर निरौला र उपाध्यक्षमा पनि एमालेकै समला राई विजयी भएका छन् ।
पाल्पाको तिनाऊ गाउँपालिका अध्यक्षमा एमालेका ओमबहादुर घर्ती र उपाध्यक्षमा पनि एमालेकै दमयन्ती थापा विजयी भएका छन् ।
कञ्चनपुरको लालझण्डी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मदन वडायक र उपाध्यक्षमा पनि माओवादीकै सत्यादेवी महरा विजयी भएका छन् ।
बाँकेको नैरना गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका इस्तियाक अहमद साह र उपाध्यक्षमा पनि सोही पार्टीका जयन्ती देवी श्रीवास्तव विजयी भएका छन् ।
डोटीको बडिकेदार गाउंपालिका अध्यक्षमा कांग्रेसका कृष्णबहादुर चन्द र उपाध्यक्षमा पनि कांग्रेसकै ईन्द्रादेवी भाट विजयी भए ।
पाँचथरको हिलिहाङ गाउँपालिका अध्यक्षमा एमालेका भुवानीप्रसाद लिङ्देन र उपाध्यक्षमा पनि एमालेकै सुमित्रा सेढाई विजयी भएका छन् ।
त्यस्तै पाँचथरकै तुम्देवा गाउँपालिका अध्यक्षमा कांग्रेसका होमनाथ थापा र उपाध्यक्षमा एमालेका धन साँवा विजयी भएका छन् ।
रोल्पाको थवाङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बीरबहादुर घर्ती र उपाध्यक्षमा पनि माओवादी केन्द्रकै रामकिरणी घर्ती विजयी भए ।
गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा कांग्रेसका दोर्णबहादुर खत्री र उपाध्यक्षमा एमालेकी राधिका अर्याल विजयी भएका छन् ।
डोटीको बोगटान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर गडसिला र उपाध्यक्षमा एमालेकी भगवती बम विजयी भएका छन् ।
नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्षमा कांग्रेसका राजकुमार शर्मा र उपाध्यक्षमा पनि कांग्रेसकै अञ्जुकुमारी चौधरी विजयी भएका छन् ।
बझाङको तलकोट गाउँपालिका अध्यक्षमा एमालेका लालबहादुर विष्ट र उपाध्यक्षमा पनि एमालेकै धनलक्ष्मी खत्री विजयी भएका छन् ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका अध्यक्षमा कांग्रेसका नवलबहादुर मल्ल विजयी भए भने उपाध्यक्षमा कांग्रेसकै कमलादेवी ठगुन्ना विजयी भएका छन् ।
खोटाङको ऐसेलुखर्क गाउँपालिका प्रमुखमा कांग्रेसका विश्वनाथ निरौला विजयी भएका छन् भने उापाध्यक्षमा एमालेकी पुष्पकला भुजेल विजयी भइन् ।
बझाङको वित्थडचीर गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेम बोहोरा विजयी भएका छन् भने उपाध्यक्षमा पनि एमालेकै जानकी बोहोरा विजयी भएकी छन् ।
डडेल्धुराको अजेयमेरु गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका उमेश भट्ट विजयी भए । उपाध्यक्षमा पनि माओवादीकै कलावती भाड विजयी भइन् ।
रुकुमको सिस्ने गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कुमारी बराल र उपाध्यक्षमा पनि माओवादीकै गोवर्द्धन बूढा विजयी भइन् ।
उदयपुरको ताप्ली गाउँपालिका अध्यक्षमा एमालेका उद्धबसिंह थापा विजयी भए । सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकै कमला राई विजयी भइन् ।
डोटीको डा. केआइ सिंह गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लोकेन्द्रबहादुर शाही विजयी भएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै मीना विष्ट विजयी भइन् ।
धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिका अध्यक्षमा एमालेका मनोज राई र उपाध्यक्ष्मा एमालेकै रत्नेश्वरी राई विजयी भए ।
उता, दार्चुलाको अपी हिमाल गाउँपालिका अध्यक्षमा पनि एमालेका धर्मानन्द मन्याल र उपाध्यक्षमा एमालेकै उर्मिला बोहरा विजयी भए ।
बाजुराको हिमाली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका गोविन्दबहादुर मल्ल र उपाध्यक्षमा कांग्रेसकै चन्द्रकला बुढा विजयी भएका छन् ।
नवलपरासीको सुस्ता गाउँपालिका प्रमुखमा एमालेका रामप्रसाद पाण्डे र उपाध्यक्षमा एमालेकै इन्द्रकुमारी थरुनी विजयी भएका छन् ।
डेल्धुराको भागेश्वर गाउँपालिका अध्यक्षमा कांग्रेसकी कौशीला भट्ट विजयी भइन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनको हालसम्म सार्वजनिक परिणाममा प्रमुख पदमा जित हासिल गर्ने भट्ट पहिलो महिला हुन् ।
डडेल्धुराकै आलिताल गाउँपालिका अध्यक्षमा कांग्रेसका बलबहादुर गुरुङ र उपाध्यक्षमा कांग्रेसकै ज्वालादेबी बोगटी विजयी भएका छन् ।
दार्चुलाको लेकम गाउँपालिका अध्यक्षमा एमालेका परमानन्द जोशी र उपाध्यक्षमा एमालेकै माधवी जोशी विजयी भएका छन् ।
दाङको बंगलाचुली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर ओली र उपाध्यक्षमा माओवादी केन्द्रकै यमुना घर्ती विजयी भएका छन् ।
रुकुमको भुमे गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रामसुर वुढामगर र उपाध्यक्षमा माओवादी केन्द्रकै मनकुमारी वुढा विष्ट विजयी भएका छन् ।
प्युठानको मल्लरानी गाउँपालिका अध्यक्षमा राष्ट्रिय जनमोर्चाका अमरध्वज राना र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाकै सरीता जिसी विजयी भए ।
बझाङको दुर्गाथली गाउँपालिका अध्यक्षमा एमालेका प्रयागराज जोशी र उपाध्यक्षमा एमालेकै पार्वती जप्रेल विजयी भएका छन् ।
बझाङकै थलरा गाउँपालिका अध्यक्षमा एमालेका भुवनेश्वर उपाध्याय र उपाध्यक्षमा एमालेकै गङ्गादेबी कडायत विजयी भएका छन् ।
रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ओमप्रकाश घर्ती र उपाध्यक्षमा माओवादी केन्द्रकै ओमकुमारी मल्ल विजयी भएका छन् ।
गुल्मीको गुल्मीदरवार गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका अशोककुमार थापा र उपाध्यक्षमा कांग्रेसकै मीना भण्डारी विजयी भएका छन् ।
दार्चुलाको महाकाली नगरपालिका प्रमुखमा कांग्रेसका हंशराज भट्ट र उपप्रमुखमा कांग्रेसकै सोना बोहोरा विजयी भए ।
भोजपुरको रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा एमालेका विजय राई र उपाध्यक्षमा माओवादी केन्द्रकी सम्झना राई विजयी भएका छन् ।
ताप्लेजुङ मैवाखोला गाउँपालिकाको अध्यक्षमा एमालेका राजन थाक्लुङ र उपाध्यक्षमा एमालेकै कौशिला थाक्लुङ विजयी भएका छन् ।
बाजुरा गौमूल गाउँपालिकाको अध्यक्षमा एमालेका हरि रोका विजयी भएका छन् ।
बाजुरा बडीमालिका नगरपालिका प्रमुखमा कांग्रेसका पदमबहादुर बडुवाल र उपप्रमुखमा कांग्रेसकै कविता विष्ट विजयी भए ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका सागर किराँती र उपाध्यक्षमा कांग्रेसकी विपना कुलुङ विजयी भएका छन् ।
सोलुखुम्बुकै दूधकोशी गाउँपालिकाको अध्यक्षमा भने एमालेका बुद्धीकिरण राई र उपाध्यक्षमा एमालेकै जुनिता मगर विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्