
गएराति अबेर सम्पन्न मतगणनाको प्राप्त परिणामानुसार चार हजार ७० मत प्राप्त गरी आले विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश श्रेष्ठले चार हजार ३४ मत ल्याए ।
त्यस्तै उपप्रमुखमा एमालेकी ममिता राई विजयी भएकी छन् । चार हजार सात सय ७३ मत ल्याएर उपप्रमुखमा राई विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कृतिकुमारी कार्कीले चार हजार सात सय एक मत ल्याइन् ।
अरुण गाउँपालिकामा कांग्रेसका गजेन्द्रबहादुर कार्की र उपप्रमुखमा कांग्रेसकी विनिता ढकाल विजयी भएका छन् ।
हतुवागढी गाउँपालिकामा एमालेका प्रेमकुमार राई विजयी भएका छन् ।
यस्तै ट्याम्के मयुङ गाउँपालिकामा एमालेका धुव्र राई र उपप्रमुखमा इन्द्रवती राई विजयी भए ।
आमचोक गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रका अशोक राई र उपप्रमुखमा सीता राई विजयी भएका छन् ।
अन्य स्थानीय तहमा मतगणना जारी छ । भोजपुरमा ६६।३१ प्रतिशत मत खसेको थियोे । (रासस)
प्रतिक्रिया दिनुहोस्