९ असार २०८२, सोमबार | Tue Jun 24 2025


माथागढी गाउँ पालिकामा कांग्रेसको समूह विजयी


0
Shares

अध्यक्षमा सन्तोषकुमार थापाले ६ हजार ९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विमल काफ्लेले चार हजार २१ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसकै निर्मला भट्टराईले पाँच हजार ६२४ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मायाँ चिदीले चार हजार १०१ मत प्राप्त गरिन् ।

यसैगरी सो गाउँपालिकाको आठ वटै वडामा काँग्रेस समूह नै विजयी भएका छन् । यसरी विजयी भएका वडाध्यक्षमा क्रमशः वडा नं १ मा शिवप्रसाद शर्मा, २ मा जनक रिजेल, ३ मा दीपक थापा, ४ मा मधु पराजुली, ५ मा बेलबहादुर ढेँगा मगर, ६ मा रनबहादुर खाम्चा ७ मा जङ्गबहादुर थापा र वडा नं ८ मा डिलबहादुर ढेगा मगर रहेका छन् । (रासस)