
पछिल्लो मत परिणामअनुसार धनकुटाको चौबीसे गाउँपालिकाको अध्यक्षमा एमालेका खजिन्द्र राई र उपाध्यक्षमा एमालेकै यज्ञाकुमारी रुचाल विजयी भएका छन् ।
बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णसिंह साउद विजयी भएका छन् भने उपाध्यक्षमा एमालेकी कुस्माचन्द्र महिल विजयी भएकी छन् ।
रोल्पाको सुकिदह गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर केसी र उपाध्यक्षमा रीताकुमारी घर्ती विजयी भएका छन् ।
रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा एमालेका शान्तकुमार ओली विजयी भएका छन् ।
प्यूठानको सरुमारानी गाउँपालिकाको अध्यक्षमा एमालेका झगबहादुर विक विजयी भएका छन् भने उपाध्यक्षमा एमालेकै सीता सोमै विजयी भएकी छन् ।
प्यूठानकै झिमरुक गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक जिसी र उपाध्यक्षमा पवित्रा जिसी विजयी भएका छन् ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका अमरसिंह धामी विजयी भएका छन् । उपमेयरमा पनि कांग्रेसकै राजमती पाल विजयी भइन् ।
दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रेमसिंह धामी र उपाध्यक्षमा पनि एमालेकै गौरी ठगुन्ना विजयी भएका छन् ।
धनकुटाको छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका शेरबहादुर लिम्बु विजयी भएका छन् ।
बझाङको सूर्मा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नरबहादुर बोहोरा विजयी भएका छन् ।
खोटाङको दिप्रुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भूपेन्द्र राई र उपाध्यक्षमा पनि कांग्रेसकै सपना राई विजयी भएका छन् ।
संखुवासभाको भोटखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पेम्वा भोटे विजयी भएका छन् ।
खोटाङको साकेल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अर्जुन खड्का विजयी भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसकी सरिता खड्का विजयी भइन् ।
ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी सुष्मा राई विजयी भइन् ।
बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामसिंह रावल र उपमेयरमा कांग्रेसकै राधिका सुनुवार विजयी भइन् ।
तेह्रथुमको मैनसायाम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका यादवबहादुर ठाकुर विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसकी गितादेवी तिमिल्सिना विजयी भएकी छन् ।
प्युठानको सरुमारानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका झगबहादुर विक विजयी भएका छन् ।
दार्चुलाको मार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जमनसिंह धामी विजयी भएका छन् ।
दार्चुलाको मालिकाअर्जुन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नरेन्द्रसिंह धामी र उपाध्यक्षमा नेकपा एमालेकी पुष्पा अवस्थी विजयी भएका छन् ।
गुल्मीको मालिका गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रितबहादुर थापा र उपाध्यक्षमा नेकपा एमालेकै देवा अर्याल विजयी भएका छन् ।
धनकुटाको पाख्रिबास नगरपालिकाको मेयरमा नेकपा एमालेका बिर्खबहादुर राई र उपमेयरमा पनि एमालेकै देवकला पौडेल तिमिल्सिना विजयी भएका छन् ।
गुल्मीको रुरु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निलकण्ठ गौतम र उपाध्यक्षमा पनि एमालेकै लक्ष्मी पन्थ विजयी भएका छन् ।
अछामको कमलबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ओमप्रकाश विष्ट विजयी भएका छन् भने उपमेयरमा पनि कांग्रेसकी भूमिशरण बजगाईं विजयी भएकी छन् ।
बाजुराको स्वामीकात्तिके गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका चिरञ्जीवी शाही र उपाध्यक्षमा पनि एमालेकै मीरा बुढा विजयी भएका छन् ।
पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तोष थापामगर र उपाध्यक्षमा पनि कांग्रेसकै निर्मला भट्टराई विजयी भएका छन् ।
पाल्पाकै निस्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मुक्तबहादुर सारु र उपाध्यक्षमा एमालेकी रीताकुमारी अर्याल विजयी भएका छन् ।
भोजपुरको अरुण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका गजेन्द्र कार्की विजयी भएका छन् ।
थप विवरणका लागि यो लिंकमा क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्