Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


फोरम नेपालले खाता खोल्यो, बाँकेको नरैनापुरमा विजयी


0
Shares

अध्यक्षमा इश्त्यिाक अहमद साहले चार हजार ८० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेका रामचन्द्र मौर्यले तीन हजार ३८८ मत प्राप्त गरे ।

यसैगरी, उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका जयन्तीदेवी श्रीवास्तवले तीन हजार ४४ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अतिकुन निशा २ हजार ५९८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोर्खबहादुर थापाले राससलाई बताए ।

उनकाअनुसार ६ ओटा वडा रहेको नरैनापुर गाउँपालिकाको वडा नम्बर–१, २ र ४ को वडाध्यक्षमा संघीय समाजवादी फोरम नेपाल र वडा नम्बर–३, ५ र ६ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नेपालगन्ज–३ मा माओवादी केन्द्र र ४ मा राप्रपा विजयी
प्राप्त पछिल्लो मतपरिणामअनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–३ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका अयुब सिद्धिकीले ५२४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अब्दुल ताफिक अन्सारीले ४५० मत प्राप्त गरेका छन् ।

त्यस्तै, वडा नम्बर–४ को वडाध्यक्षमा राप्रपाका सफिफ बेहनाले ६९७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका चेतबहादुर गुरुङले ५२४ मत प्राप्त गरे ।

यसैगरी, नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवलशम्शेर राणाले तीन हजार ८०१ मत ल्याएर अग्रस्थानमा छन् । कांग्रेसका डा. सुरेशकुमार कानोडियाले दुई हजार ९०५ मत ल्याएर पछयाइरहेका छन् । रासस