९ असार २०८२, सोमबार | Tue Jun 24 2025


डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेसको जित


0
Shares

अध्यक्षमा कांग्रेसका उम्मेदवार कृष्णबहादुर चन्दले दुई हजार ३२१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भक्तबहादुर साउदले दुई हजार ८ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै इन्द्रादेवी भाट बोहराले दुई हजार २२५ मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेकी भुवन बम मल्लले दुई हजार २८ मत प्राप्त गरिन् ।

कांग्रेसले सो गाउँपालिकाका ५ ओटा वडामध्ये ३ ओटा वडामा प्यानलै जितेको छ ।

जसमा वडा नम्बर–१ को वडाध्यक्षमा डम्बर बोहरा, ४ मा वीरेन्द्र कोटकेनी र ५ मा बुद्धिसागर बिनाडीको प्यानल विजयी भएको हो ।

यस्तै, एमालेका रामबहादुर नाम्जालीको प्यानलले वडा नम्बर–२ मा र लिलाधर सापकोटाको प्यानलले वडा नम्बर–३ मा कब्जा जमाएको छ ।