
नेपाली कांग्रेसको बलियो क्षेत्र मानिएको सो गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरुले जित निकालेका छन् ।
गाउँपालिकाको अध्यक्षमा एमालेका दीर्घ बोगटीले कांग्रेसका उम्मेदवार रामप्रसाद उपाध्यायलाई झिनो मतले पछि पार्दै जित हासिल गरेका हुन् ।
बोगटीले तीन हजार ६१५ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उपाध्यायले तीन हजार ५६८ मत ल्याए ।
उपाध्यक्षमा पनि एमालेकै निर्मला साउद विजयी भइन् । साउद तीन हजार ५८७ मतका साथ विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी माया कुँवरले तीन हजार ५२८ मत प्राप्त गरिन् ।
सो गाउँपालिकाका ७ ओटा वडामध्ये कांग्रेसले चारओटा वडा जितेको छ भने एमाले ३ ओटा वडामा विजयी भएको छ ।
प्रतिक्रिया दिनुहोस्