
रुपाकोट–मझुवागढी नगरपालिकाको वडा नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ललितकुमार राई २६८ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् ।
शनिबार सम्पन्न मतगणनाअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका निरबहादुर राईले २२५ मत प्राप्त गरेका छन् ।
खुला वडासदस्य दुईमध्ये एकमा एमालेका दिल चाम्लिङ, दलित महिला सदस्यमा एमालेकी हिरा परियार दमाइँ विजयी भएका छन् ।
सो वडाबाट एक खुला वडासदस्यमा नेपाली कांग्रेसका राजेन्द्र राई विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्