९ असार २०८२, सोमबार | Tue Jun 24 2025


खोटाङको दिप्रुङ गाउँपालिकामा कांग्रेसको जित


0
Shares

११०० मतअन्तरले नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै कांग्रेसका भूपेन्द्र राई गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । राईले २९०२ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका अर्जुन रोकाले १८०२ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि कांग्रेसकै सपना राई २२५१ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी अम्बिका राईले १९८१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।