१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


खोटाङको लामिडाँडा गाउँपालिकामा एमालेको जित


0
Shares

एमालेका लिलाबहादुर निरौला १९०९ मत ल्याएर गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनककुमार कार्की १५७५ मत प्राप्त गरे ।

लामिडाँडा गाउँपालिकाको उपाध्यक्षमा एमालेकै समला राई १८०७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी शोभा पाण्डेले १६२७ मत पाइन् ।

६ ओटा वडा रहेको लामिडाँडा गाउँपालिकामा कांग्रेसले ३, एमालेले २ र माओवादी केन्द्रले एकओटा वडामा वडाध्यक्ष जितेको निर्वाचन अधिकारी चेतकुमार अधिकारीले बताए ।