४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


हङकङमा बेइजिङको अधिकारमाथी चुनौति नदिन राष्ट्रपति सीको चेतावनी


0
Shares

क्यारी लामलाई हङकङको नयाँ नेताको रुपमा शपथ गराउँदै चिनियाँ राष्ट्रपति सीले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकासको हितका पक्षमा हङकङले आफ्ना प्रणाली सुधार्न जोड दिए ।

हङकङ पहिलाभन्दा धेरै स्वतन्त्रतामा रमाइरहेको उनको भनाई थियो । ब्रिटेनले चीनलाई हङकङ हस्तान्तरण गरेको २० औं वर्षगाँठ हङकङले मनाइरहेको छ ।

यस अवसरमा आयोजित विशेष समारोहमा भाग लिन चिनियाँ राष्ट्रपति तीन दिने भ्रमणका क्रममा हङकङमा छन् । कडा सुरक्षा हुँदाहुँदै पनि प्रजातन्त्र समर्थक र बेइजिङ समर्थकबीच समारोहस्थल नजिक झडप भएको छ ।

प्रहरीले धेरैजना पक्राउ गरेको छ । सन् २०१३ मा चीनको नेतृत्व सम्हालेको तीन वर्षपछि र हङकङमा प्रजातन्त्र समर्थकले महिनौैं लामो प्रदर्शन गरेको केही समयपछि उनी हङकङ पगेका हुन् । (एजेन्सी)

यो पनि हेर्नुहोस् 

हङकङ सधैं मेरो मुटुमा रहेको छ : चिनियाँ राष्ट्रपति