१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


पाल्पाको माथागढी गाउँपालिका पूरै कांग्रेसको कब्जामा


0
Shares

अध्यक्षमा सन्तोषकुमार थापाले ६ हजार ९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले का विमल काफ्लेले चार हजार २१ मत प्राप्त गरे ।

त्यस्तै, उपाध्यक्षमा कांग्रेसकै निर्मला भट्टराईले पाँच हजार ६२४ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी माया चिदीले चार हजार १०१ मत प्राप्त गरिन् ।

यसैगरी, सो गाउँपालिकाको ८ ओटै वडामा कांग्रेसको समूह नै विजयी भएको छ ।

यसरी विजयी भएका वडाध्यक्षमा क्रमशः वडा नम्बर–१ मा शिवप्रसाद शर्मा, २ मा जनक रिजेल, ३ मा दीपक थापा, ४ मा मधु पराजुली, ५ मा बेलबहादुर ढेँगा मगर, ६ मा रनबहादुर खाम्चा ७ मा जंगबहादुर थापा र वडा नम्बर–८ मा डिलबहादुर ढेगा मगर रहेका छन् ।

रामपुर नगरपालिका–३ मा एमाले र ८ मा कांग्रेस विजयी
यसैगरी, रामपुर नगरपालिका–३ को वडाध्यक्षमा एमालेका दिनेशकुमार खनालले एक हजार ९४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उमानाथ अर्यालले ७७१ मत प्राप्त गरे ।

त्यस्तै, सोही नगरपालिका–८ को वडाध्यक्षमा कांग्रेसका बोमबहादुर नामजालीले ९०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका दिनेशकुमार आचार्यले ८५८ मत प्राप्त गरे । रासस