मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा विजयी एमालेका यादवबहादुर खापुङले एक हजार ६८३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउबहादुर लिम्बूले एक हजार ४९६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष पदमा भने कांग्रेसकी गीतादेवी तिम्सिना विजयी भएकी छन् । उनले एक हजार ४८६ मत प्राप्त गरिन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिलकुमारी शंकरले एक हजार ४२० मत प्राप्त गरेकी छन् ।
मेन्छ्यायेम गाउँपालिकाका वडा न–१, २, ३ र ४ मा कांग्रेस तथा वडा नम्बर–५ र ६ मा एमाले विजयी भएको छ । रासस




प्रतिक्रिया दिनुहोस्