
उनले दुई हजार २२७ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीबहादुर केक्सोले दुई हजार २१४ मत ल्याए ।
उपाध्यक्षमा एमालेका मञ्जु भट्टराई दुई हजार १८१ मत ल्याइ विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका ममता सुब्बाले दुई हजार २४ मत ल्याइन् ।
आठराई त्रिवेणी नगरपालिकाका पाँच वडामध्ये दुई वडामा कांग्रेस, दुई वडामा एमाले र एक वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
वडा नम्बर–१ मा कांग्रेसका पूर्णकुमार सिटौलाको समूह, २ नम्बर वडामा पनि कांग्रेसको सोमप्रसाद विमलीको समूह, ३ नम्बरमा एमालेका देवी खरेलको समूह, ४ नम्बरमा पनि एमालेको डम्बरबहादुर लिम्बूको समूह र वडा नम्बर–५ मा नेकपा माओवादी केन्द्रका सन्तोष लिम्बू विजयी भएका छन् ।
मिक्वा गाउँपालिकाको अध्यक्षमा एमाले विजयी
यस्तै, मिक्वा गाउँपालिकाको अध्यक्षमा एमालेका रामकुमार सावा विजयी भएका छन् । उनले एक हजार ४८४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भक्तबहादुर कार्कीले एक हजार ४५६ मत ल्याए ।
उपाध्यक्षमा कांग्रेसका रद्रकुमारी लिम्बूले एक हजार ४८९ मत ल्याइ विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका मीना पेदेनले एक हजार ३८२ मत ल्याइन् । रासस
प्रतिक्रिया दिनुहोस्