
शनिबार राजधानीमा गरिएको साक्षात्कारमा प्रमुख आयुक्त यादवले संविधानले निर्दिष्ट गरेको मिति माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न आयोगले बुझाएको कानुन र ऐनको मस्यौदा व्यवस्थापिका–संसदबाट पारित भइ असारभित्रै आउनुपर्ने बताए ।
सरकारले साउन १५ भित्र प्रदेश र प्रतिनिधिसभाको लागि निर्वाचन क्षेत्रसमेत निर्धारण गरेर पठाउनसके निर्वाचन माघ ७ भित्रै सम्पन्न गर्न सकिने यादवको जिकिर छ ।
शुक्रबारमात्रै आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर तीन तहको निर्वाचनको सन्दर्भमा कार्ययोजना बुझाएको थियो ।
प्रमुख आयुक्त यादवले महत्वपूर्ण चाडपर्वको समयमा निर्वाचन हुने भएकाले यस वर्ष ‘इलेक्ट्रोल फेस्टिभल’कोरुपमा मनाउन मतदातालाई आग्रह गरे ।
प्रमुख आयुक्त यादवले यही वर्ष असोजको तेस्रो हप्ता प्रदेशसभा, कात्तिकको दोस्रो हप्ता राष्ट्रियसभा र मंसिरको पहिलो हप्ता प्रतिनिधिसभाको निर्वाचन गराउने गरी आयोगले तयारी थालेको र सोहीअनुरुप सरकारले कानुन र मिति तय गर्न बाटो खुला गर्नुपर्ने बताए ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गतको मतगणना ३० प्रतिशत सकिएको यादवले जानकारी दिए ।
मतगणना छिटो–छरितो र शान्तिपूर्णरुपमा सम्पन्न गर्न निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतलाई निर्देशन दिइसकेको पनि उनले सो अवसरमा बताए ।
प्रतिक्रिया दिनुहोस्