१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


सोलुखुम्बुको सोताङ गाउँपालिकामा एमाले विजयी


0
Shares

एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार वीरबहादुर राई १००३ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दीपक खड्काले ८७१ मत प्राप्त गरे ।

खड्का नेपाली कांग्रेसको बागी उम्मेदवारकोरुपमा स्वतन्त्रबाट उम्मेदवार भएका थिए ।

यस्तै, उपाध्यक्षमा एमालकै लक्ष्मी बस्नेत १६७३ मतसहित विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खिलराज बस्नेतले ८४३ मत प्राप्त गरे ।

५११३ मतदाता रहेको यस गाउँपालिकामा ३६६७ मत खसेको थियो । यो जिल्लामा एमालेको दोस्रो जित हो ।

दूधकोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भइसकेको छ । एमालेका अध्यक्षमा बुद्धिकिरण राई र उपाध्यक्षमा जुनिता मगर विजयी भएका छन् । रासस