
चौबिसे गाउँपालिकाको अध्यक्षमा एमालेका खजिन्द्र राई तीन हजार ७८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हर्क चेम्जोङले तीन हजार २७९ प्राप्त गरेका छन् ।
त्यस्तै, उपाध्यक्षमा एमालेकी यज्ञकुमारी रुचाल तीन हजार ६९६ मत प्राप्त गरी निर्वाचित भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका उपेन्द्र लावतीले दुई हजार ६९९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्