
सिलगढी नगरपालिका वडा नम्बर–१ देखि ८ नम्बर वडासम्म मतगणना भइसके पनि ९ नम्बर वडाको मतगणना रोकिएको हो ।
९ नम्बर वडाका तीनओटा बुथका २० ओटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले जानकारी दिए ।
सो वडामा जम्मा १ हजार ८८ मत खसेको थियो । त्यसमध्ये २० ओटा मतपत्र हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्