सो पदयात्रामार्गको शनिबार नेपाली सेनाका सहायक रथी जितबहादुर गुरुङ र स्थानीय विकास अधिकारी शंकर नेपालले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको घ्याङडाँडादेखि कालिन्चोक मन्दिरसम्मको पदमार्ग नेपाली सेनाको रणभीम गण चरिकोटले निर्माण गरेको हो ।
सो पदमार्गमा भूकम्पले भत्किएको ठाउँहरुमा फलामे भर्याङ हाल्ने, रेलिङ लगाउने र सिँढी बनाउने तथा बाटो मर्मत गर्ने काम भएको छ ।
सो मार्ग निर्माणको लागि जिल्ला समन्वय समितिबाट ५ लाख ५० हजार रुपैयाँ बराबरको निर्माण सामग्री, रणभीम गण चरिकोटबाट ६५ हजार रुपैयाँ बराबरको निर्माण सामग्री र श्रमदान तथा जिल्लाका उद्यमीहरुबाट ६० हजार रुपैयाँ बराबरको निर्माण सामग्री उपलब्ध गराइएको थियो ।









प्रतिक्रिया दिनुहोस्