Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


जनताले विकासका लागि परिवर्तन चाहेका छन् : ओली


0
Shares

                                                                                फाइल फोटो
गुल्मीको रेसुंगा नगरपालिकाको प्रमुखमा डिल्लीराज भुसाल र उपप्रमुखमा सीता भण्डारीसहितको टोलीले विजय हासिल गरेपछि पार्टीले शनिबार तम्घासमा आयोजना गरेको विजयसभालाई सम्बोधन गर्दै नेता ओलीले जनताले लोकतन्त्र र देशको विकासका लागि परिवर्तन चाहेको बताए ।

उनले विजेता प्रमुख तथा उपप्रमुखलाई रेसुंगा नगरको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्न सुझाव दिँदै विकासका लागि आफूले केन्द्रबाट बजेटको अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

विजयसभालाई सम्बोधन गर्दै एमालेका पार्टी सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टले जनताले परिवर्तन चाहेको र जनचाहनालाई आत्मसात् गरेर एमालेले स्थानीय तहको चुनावमा देशभर नै अग्रता कायम गरेको दाबी गरे । रासस