१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


बैतडीको शिवनाथ गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले उम्मेदवार विजयी


0
Shares

शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउद दुई हजार ३५२ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भरतसिंह मडैले दुई हजार ३१४ मत प्राप्त गरे ।

सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कुश्मा चन्दले दुई हजार ३६८ मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी झापु महताले दुई हजार १२४ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकाको ६ ओटा वडामध्ये चारओटामा एमाले तथा दुईओटामा कांग्रेस विजयी भएको छ ।

शिवनाथ–१, २, ३ र ५ को वडाध्यक्षमा एमालेका क्रमशः करन पार्की, हजारी साउद, बीरबहादुर साउद र महेन्द्र चन्द विजयी भए भने वडा नम्बर–४ र ६ मा कांग्रेसका लक्ष्मण महता र धर्म सुतार विजयी भए ।

जिल्लामा यसअघि दशरथचन्द नगरपालिका र सूर्नया गाउँपालिकामा कांग्रेस तथा पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी भइसकेका छन् ।

अब पुर्चौडी, मेलौली र पाटन नगरपालिका तथा दोगडाकेदार, डिलासैनी र सिगास गाउँपालिकाको मतपरिणाम आउन बाँकी छ । रासस