
यस्तै, उपाध्यक्षमा एमालेकै उम्मेदवार सानु राउतले चार हजार ४३ मत प्राप्त गरेर विजयी भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले बताएको छ ।
उनीहरुको निकटतम् प्रतिद्वन्द्वी अध्यक्षमा नेपाली कांग्रेसका जितबहादुर खड्काले तीन हजार ४८१ र उपाध्यक्षमा जनुका राईले दुई हजार २७०५ मत प्राप्त गरे ।
यता, उदयपुरकै रौमाई गाउँपालिकामा पनि एमालेका अध्यक्षका उम्मेदवार गजेन्द्र खड्काले चार हजार ४८१ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका वीरेन्द्र मगरले चार हजार २९४ मत प्राप्त गरे ।
यसैगरी, उपाध्यक्षमा एमालेकै कुमारी ठकुरीले चार हजार ७५६ मतका सात विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी गंगादेवी राईले तीन हजार २३८ मत प्राप्त गरिन् । रासस
प्रतिक्रिया दिनुहोस्