१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


बझाङमा कहाँ–को विजयी ?


0
Shares

बुंगल नगरपालिकाको नगरप्रमुखमा धनबहादुर विष्ट पाँच हजार २५९ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका धनबहादुर बोहराले चार हजार ५८९ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसकी मीनादेवी बोहरा पाँच हजार ३६० मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी धनदेवी कुँवरले चार हजार ५८९ मत प्राप्त गरिन् ।

यसैगरी, जयपृथ्वी नगरपालिकाको नगरप्रमुखमा एमालेका वीरेन्द्रबहादुर खड्का तीन हजार ४० मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका चेतराज बजालले दुई हजार ९६० मत प्राप्त गरे ।

उपप्रमुखमा एमालेकी जुना जाग्री तीन हजार ४१५ मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी अमृतादेवी सिंहले दुई हजार ८९१ मत प्राप्त गरिन् ।

यस्तै, दुर्गाथली गाउँपालिकाको अध्यक्षमा एमालेका प्रयागराज जोशी एक हजार ५९० मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जनक दौल्यालले एक हजार ४५३ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी पार्वती जप्रेल एक हजार ६१२ मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी शान्ति महतले एक हजार ५०० मत प्राप्त गरिन् ।

त्यस्तै, सुर्मा गाउँपालिकामा कांग्रेस विजयी भएको छ । सो गाउँपालिकाको अध्यक्षमा नरबहादुर बोहरा एक हजार ७४८ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शेरबहादुर बोहराले एक हजार ६८६ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेसकी समिताकुमारी बोहरा पुजारा एक हजार ७४१ मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी मातादेवी बोहराले एक हजार ६९५ मत प्राप्त गरिन् ।

यसैगरी, चिरवित्थड गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेम बोहराले दुई हजार ७११ मत ल्याइ विजयी भए । उनका निकतटम् प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर खड्काले दुई हजार २५२ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी जानकी बोहरा दुई हजार ८२६ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी कमला जोशीले दुई हजार ३३० मत प्राप्त गरिन् ।

यस्तै, थलारा गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा भुवनेश्वर उपाध्याय दुई हजार ७७८ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका राम खातीले दुई हजार ८१ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी गंगुदेवी खडायत दुई हजार ६६३ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी पिंकी भण्डारीले दुई हजार ३५ प्राप्त गरिन् ।

यस्तै, तलकोट गाउँपालिकाको अध्यक्षमा एमालेका लाल विष्ट दुई हजार ६४ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्र सिंहले दुई हजार मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी धनलक्ष्मी खत्री दुई हजार ५७ मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी जयकुमारी ऐडीले दुई हजार ३७ मत प्राप्त गरिन् । रासस