
काठमाडौं, असार १८ । स्थानीय तहको दोस्रो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी छ ।
पछिल्लो विवरणअनुसार हालसम्म १९४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
प्राप्त विवरणअनुसार हालसम्म नेकपा एमालेले ८९, नेपाली कांग्रेसले ७५, नेकपा माओवादी केन्द्रले २६ स्थानीय तहको प्रमुख पदमा जित हासिल गरेका छन् ।
त्यसैगरी राष्ट्रिय जनमोर्चा २ र संघीय समाजवादी फोरम १ स्थानीय तहमा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्