१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


पाल्पाको रम्भा गाउँपालिकामा एमाले विजयी


0
Shares

उनी चार हजार ७६७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अशोक फालले चार हजार ९८ मत ल्याएका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकै राधा श्रेष्ठले चार हजार ७८६ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विष्णुमाया सिञ्जालीले चार हजार १३९ मत हासिल गरिन् ।

वडा नं १ मा एमालेका कृष्णप्रसाद रेग्मीले एक हजार ३२९ मत ल्याएर उनको प्यानलै विजयी भएको छ । वडा नं २ मा एमालेका उमानसिंह सारु सहितको प्यानल विजयी भएको छ । वडा नं ३ मा कांग्रेसका थमनबहादुर गाहा सहितको प्यानल विजयी भएको छ ।

यसैगरी, वडा नं ४ मा एमालेका भोजबहादुर विक निर्वाचित भएका छन् । वडा नं ५ मा एमालेका खुमकान्त बस्याल सहितको प्यानल विजयी भएको छ । (रासस)