
मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार राजनशेर राईलाई ६२५ मतले पछि पार्दै एमालेका दिपनारायण रिजाल निर्वाचित भएका छन् । मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रिजालले ५ हजार ३४३ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राईले ४ हजार ७१८ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरकी प्रत्यासी उम्मेदवार दुर्गाजयन्ती राईले ४ हजार ४३४ मत प्राप्त गरेकी छिन् ।
यस्तै, उपमेयरमा माओवादी केन्द्रको उम्मेदवारलाई ७४० मतले पछि पार्दै एमालेकै बिणादेवी राई विजयी भएकी छन् । बिणादेबीले ५ हजार ३६७ र निटकतम प्रतिद्वन्द्वी माओबादी केन्द्रका होमकाजी आचार्यले ४ हजार ६२७ मत पाएका छन् ।
सो पदमा कांग्रेसकी उपमेयरकी प्रत्यासी कान्ता बस्नेतले ४ हजार १६८ मत प्राप्त गरेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१५ वडा रहेको रुपाकोट–मझुवागढी नगरपालिका ६ वडामा एमाले, ३ वडामा कांग्रेस, ३ वडामा माओबादी केन्द्र, २ वडामा संघीय समाजबादी फोरम र १ वडामा राप्रपाले वडाध्यक्ष जितेको छ ।
यस्तैगरी, रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेलमा कांग्रेसका टंकप्रसाद आचार्य, रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा एमालेका हर्क खत्री, रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा राप्रपाका ललितकुमार राई, रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा एमालेका डिल्लीकुमार राई, रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा संघीय समाजवादी फोरमका निर्मल राई, रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा माओवादी केन्द्रका माधव राई, रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडमा कांग्रेसका महन्तकुमार राई, रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा एमालेका लिलाकुमार चौहान वडाध्यक्षमा निर्वाचित भएका छन् ।
यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा एमालेका हर्कराज राई, रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा संघीय समाजबादी फोरमका मुगाधन राई, रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा कांग्रेसका रामचन्द्र राई, रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा माओबादी केन्द्रका बिकास राई, रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा माओबादी केन्द्रका भीम राई, रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा एमालेका दिनेश राई र रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा एमालेका बिरेन्द्र ढकाल निर्वाचित भएका छन् । १५ वडाको मत परिणामले एमालेले बहुमतले जित हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्