
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश कोईरालाले १ हजार ७३२ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा भने एमालेकी गोमा मगर विजयी भइन् । उपप्रमुख मगरले १ हजार ८४४ र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निर्मला राईले १ हजार ७०० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, ६ वडा रहेको बराहपोखरी गाउँपालिकामा १ नम्बर वडामा एमालेका टंककुमार मगर, २ नम्बर वडामा कांग्रेसका अम्बरबहादुर थापा मगर, ३ नम्बर वडामा कांग्रेसका शम्भु निरौला, ४ नम्बर वडामा एमालेका भुवलराज राई, ५ नम्बर वडामा एमालेका फौदराज राई र ६ नम्बर वडामा माओवादी केन्द्रका दुर्गाबहादुर राई निर्वाचित भएको बाहापोखरी गाउँपालिकाका निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्