१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै, एमाले दोस्रो स्थानमा


0
Shares

हालसम्मको मत परिणामअनुसार उनले तीन हजार ८७३, नेकपा एमालेका विनोदकुमार ढकालले दुई हजार ७७२ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले एक हजार ६३१ मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुख पदमा कांग्रेसकी इन्दिरा कार्कीले तीन हजार ३५१, नेकपा माओवादी केन्द्रकी नमीता न्यौपानेले एक हजार ६१३ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले एक हजार ५३६ मत प्राप्त गरेका छन् ।

यसैबीच, विराटनगर महानगरपालिकाको दक्षिणी भेगका वडाहरुमा ठूलो परिमाणमा मत बदर भएको छ । ती वडामा १५ देखि २० प्रतिशतसम्म मतपत्र बदर भएको अपुष्ट जानकारी प्राप्त भएको छ । सो क्षेत्रका कतिपय मतदाताले मतपत्रमा औँठा छापको पनि प्रयोग गरेका छन् ।

यही असार १५ गतेदेखि विराटनगरको १, २, ३, ४, १६ र १८ नं वडाको मतगणना जारी छ । (रासस)