२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ट्रम्पद्वारा चुनावमा धाँधली भएको आरोपबारे छानविनमा असहयोग गर्ने राज्यको आलोचना


0
Shares

कम्तिमा २० वटा राज्यले ती सूचना दिन आवश्यक नरहेको र गोपनियताको हक विपरीत रहेको भन्दै विवरण दिन अस्वीकार गरेका छन् । आयोगले अमेरिकाका ५० वटै राज्यबाट जन्ममिति, सामाजिक सुरक्षा नम्बरका अंशहरु र फौजदारी अभियोग ठहर भएका घटना तथा मतदाताको इतिहाससहितका विवरण माग गरेको थियो ।

राष्ट्रपति ट्रम्पले गत मेमा चुनावी स्वच्छता छानविन आयोग गठन गरेका थिए । उनले गत नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय चुनावमा धाँधली भएको बताउने गरेका छन् ।

धेरै राज्यले गोपनियताको सवाल उठाउँदै ती सूचना ह्याक हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । डेमोक्र्याटहरुले भने आयोगले मतदान प्रक्रियालाई कडाई गर्न गरिएको परिवर्तनलाई उचित सिद्ध गर्न खोजिएको आशंका गरेका छन् । (एजेन्सी)