त्रिभुवन विश्वविद्यालय सभाको वार्षिक बैठकमा प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन सरकारको प्राथमिकतामा रहेको भन्दै सबै पक्षलाई सहयोग गर्न अपील गरे ।
उनले उच्च शिक्षाको प्रमुख दायित्व बोकेको त्रिभुवन विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
कार्यक्रममा उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले समय र परिस्थिति अनुकूल विश्वविद्यालयमा सञ्चालित उच्च शिक्षालाई विश्व परिवेश अनुकूल बनाउन सरकार प्रयत्नशील रहेको बताए ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थराज खनियाँले विश्वविद्यालयले राष्ट्रको उच्च शिक्षामा ८० प्रतिशतभन्दा बढी जिम्मेवारी वहन गर्दै आइरहेको बताए । उनले राष्ट्रको आवश्यकता अनुसार शिक्षाको विकासमा विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्र्दै आइरहेको बताए ।





प्रतिक्रिया दिनुहोस्