१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


बझाङका छबिसपाथिभेरा र केदारस्युँमा एमाले, खप्तड–छान्नामा कांग्रेसको जित


0
Shares

छबिसपाथिभेराको अध्यक्षमा एमालेका अक्कल धामी दुई हजार २८९ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका लोकेन्द्र धामीले एक हजार ७३२ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै राधिका रताला दुई हजार २२२ मत ल्याई विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी महेश्वरी ओझाले एक हजार ६८५ मत प्राप्त गरिन् ।

यस्तै, केदारस्युँ गाउँपालिकाको अध्यक्षामा एमालेका इन्द्र भण्डारी दुई हजार ८१५ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रमेश भण्डारीले दुई हजार ३६२ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी निशा धामी दुई हजार ६६९ मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी मनिषा धामीले दुई हजार ५४२ मत ल्याइन् ।

यसैगरी, खप्पड–छान्ना गाउँपालिकाको अध्यक्षमा कांगेसका बर्क रोकाया दुई हजार २७९ मत ल्याइ विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका निर्स रोकायाले दुई हजार ९६ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी पाओसरा थापा दुई हजार २५२ मतका साथ विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी धिरा खत्रीले दुई हजार २५१ मत प्राप्त गरिन् ।

बझाङका १२ स्थानीय तहमध्ये एक नगरपालिका र सात गाउँपालिकामा एमाले तथा कांग्रेस एक नगरपालिका र तीन गाउँपालिकामा विजयी भएको छ । रासस