
नगरप्रमुखमा रणबहादुर कुँवर चार हजार ४४६ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका दीपक बमले चार हजार १११ मत प्राप्त गरे ।
उपप्रमुखमा माओवादी केन्द्रकी जानकी बम चार हजार ९८४ मत ल्याइ विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी जानकी साउदले तीन हजार ७८७ मत प्राप्त गरिन् ।
पुर्चौडी नगरपालिकाको १० ओटा वडामध्ये ६ वडाध्यक्षमा कांग्रेस, तीनमा एमाले र एउटामा माओवादी केन्द्र विजयी भएको छ ।
कांग्रेसबाट वडा न–१ को वडाध्यक्षमा गणेश गडाल, २ मा चक्रबहादुर बम, ७ मा रामबहादुर ऐरी र ८ मा जनक विष्ट विजयी भए भने एमालेबाट वडा नम्बर–४ मा गौतम भट्ट, ६ मा जगी साउद र १० मा जीतबहादुर विष्ट निर्वाचित भए ।
माओवादी केन्द्रबाट वडा नम्बर–३ मा दलबहादुर धामी, ५ मा नागी खडायत र ९ मा रम्बा बोहरा विजयी भए ।
बैतडीका कुल १० ओटा स्थानीय तहमध्ये कांग्रेस ६ ओटामा, एमाले तीन तथा माओवादी केन्द्र एउटामा विजयी भयो । रासस
प्रतिक्रिया दिनुहोस्