१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


कपिलवस्तुको यशोधरा गाउँपालिकामा कांग्रेस विजयी, राजपा नेता हारे


0
Shares

मतगणनाको अन्तिम मतपरिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार गिरिजेशकुमार पाण्डेयले तीन हजार २७५ मत प्राप्त गरेका छन् । उनका निकटम् प्रतिद्वन्द्वी राजपा नेता स्वतन्त्र उम्मेदवार रामदेव कलवारले तीन हजार १५५ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुखमा कांग्रेसकी कन्यावती उपाध्याय दुई हजार ९५७ मत प्राप्त गरी विजयी बनेकी छन् । उनका निकटम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी राजमति यादवले एक हजार ७०९ मत प्राप्त गरेको मतगणनामा संलग्न प्रशासकीय अधिकृत पुनाराम पौडेलले बताए । रासस