१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


अछामको चौरपाटी गाउँपालिकामा १ मत बढीले एमालेले जित्यो


0
Shares

सो गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हर्क साउद १ मतको अन्तरले विजयी भएका छन् ।

एमाले गाउँपालिकाका अध्यक्ष उम्मेदवार साउदले ३१३८ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार भीम साउदले ३१३७ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने कांग्रेसकी माया कुँवर ७२ मतान्तरले विजयी भएकी छन् । कुँवरले ३१७३ मत ल्याइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी सुशीला बोगटीले ३१०१ मत प्राप्त गरेकी छन् ।